×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सभामुखलाई प्रधान मन्त्रीकाे फाेन- ‘भाेलि संसद् चलाेस्’

सभामुखलाई प्रधान मन्त्रीकाे फाेन- ‘भाेलि संसद् चलाेस्’

काठमाडाैँ- प्रधान मन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकाेटाबीच फाेन संवाद भएकाे छ । प्रधान मन्त्री देउवाले कांग्रेस संसदीय बैठककाे बीचमै सभामुख सापकाेटालाई फाेन गरेका थिए । त्यसक्रममा प्रधान मन्त्री देउवाले सभामुख सापकाेटालाई कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाउन आग्रह गरेका छन् । 

बानेश्वरमा बसिरहेकाे बैठकबाटै सभामुखलाई फाेन गरेका प्रधान मन्त्री देउवाले भनेका छन्, ‘कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाउनुस् र छलफल गर्नुस्, बुधबारकाे संसद् चल्नुपर्छ ।’ बैठक हलबाट एक सांसदले भने, ‘प्रधान मन्त्रीज्यूले त्यसरी सभामुखजीलाई आग्रह गर्नुभएकाे छ । उहाँले आज वा भाेलि बिहान बैठक बाेलाउनुहाेला ।’

का‌ंग्रेसले एमसीसी संसद्‌बाट पारित हुनुपर्ने बताउँदै आएकाे छ । मंगलबार बसेकाे कांग्रेस संसदीय दलकाे बैठकले पनि एमसीसी संसद्‌बाट पारित गर्नुपर्ने निर्णय गरेका छ । यसअघि कानूनमन्त्रीसमेत रहेका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले बुधबारकाे संसद्‌मा एमसीसी टेबुल हुने बताएका छन् ।

प्रतिकृया दिनुहोस्