काठमाडौं - सन् २०२२ को उपविजेता फ्रान्सलाई २-० गोल अन्तरले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा प्रवेश गरेको छ। स्पेनको जितमा मिकेल ओर्याजबलले खेलको २१ औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे भने ५८ औँ मिनेटमा पेड्रो पोरोले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।
यस हारसँगै लगातार तेस्रोपटक फाइनल पुग्ने फ्रान्सको कीर्तिमानी सपना चकनाचुर भएको छ भने टोली प्रतियोगितामा पहिलोपटक गोलविहीन बनेको छ। सन् २०१० को विश्वविजेता स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।