काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीकाअनुसार केहीबेर अघिमात्रै शंकास्पद वस्तु भेटिएको हो ।
संसद् भवनको सीधाअगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको उनले बताए । ‘अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ,’ उनले भने, ‘नेपाली सेनाको बम डिस्पोजल टोली पुग्दैछ ।’
एमसीसी सम्झौता आइतबार संसदबाट पास गरिएको विरोधमा आज घोषणा गरिएको छ । एमसीसी संसदबाट पास गरिएको विरोधमा ६ वटा साना कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका हुन् ।