×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्रीको इटाली भ्रमण: यस्तो छ कार्यक्रम र भ्रमण टोलीमा ?

प्रधानमन्त्रीको इटाली भ्रमण: यस्तो छ कार्यक्रम र भ्रमण टोलीमा ?

काठमाडौँ - प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा २४ देखि २६ जुलाई (साउन ८–१०) सम्म हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यससम्बन्धी निर्णय गरेसँगै परराष्ट्र मन्त्रालयले भ्रमणबारे थप जानकारी गराएको छ । 

मन्त्रालयका अनुसार  प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू भ्रमण टोलीमा सहभागी हुनेछन् । 

प्रधानमन्त्रीले २४ जुलाईमा सम्मेलनको आधिकारिक उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रमको क्रममा प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्ष (डब्लुएफपी)लगायत  उच्च तहका विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

यो बीचमा प्रधानमन्त्री गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने तय भएको छ । सो क्रममा उनले इटालीमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । 

प्रधानमन्त्री इटाली भ्रमण सकेर साउन १२ गते स्वदेश फर्किनेछन् ।
 

प्रतिकृया दिनुहोस्