×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

काठमाडौं - नेपाल आईसीसी पुरुष ट्वान्टी २० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ ।

डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा  जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो ।कुशल मल्लले नेपालबाट सर्वाधिक ३७ रन बनाए । १९ औं ओभरमा आउट हुनु पूर्व उनले ३० बल खेली समान २ चौका र छक्का प्रहार गरे ।

ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौकासहित १० र आसिफ शेख २२ बल खेली ३ चौका प्रहार गरि २२ रनमा आउट भए । अनिल साहले २४ रन बनाए । उनले १६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल १, सन्दीप जोरा ६, गुलशन झा शून्य, सोमपाल कामी ४ र करण केसी ५ रनमा आउट भए ।

प्रतिकृया दिनुहोस्