काठमाडौं- पछिल्लो समय दोस्रो बजारमा दिनहुँदिन नयाँ नयाँ रोकर्ड बनिरहेको छ । शेयर लगानीकर्ताहरुको उत्साहले लगानी पनि भारी मात्रा भइरहेको छ । यस विषयलाई ध्यानमा राखेर नेपाल धितोपत्र बोर्डले सूचना सम्प्रेषणमा चेतावनी दिएको छ ।
नेपाल धितोपत्र बोर्डले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै शेयर खरिदविक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण गरिएको पाईएमा कसुर सावित भई कानुन बमोजिक कारबाहि हुने जनाएको छ ।