×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हामी जबराको बचाउमा लाग्दैनौँ- केपी ओली

हामी जबराको बचाउमा लाग्दैनौँ- केपी ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउमा आफूहरु नलाग्ने बताएका छन् । सोमबार संससद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले प्रधानन्यायाधीश जबराको बचाउ नगरेर समय र सत्ता गठबन्धनको प्रवृत्तिको विरोध गरिएको बताए ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर हिँड्ने नसकिने बताएका हुन् । ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने, ‘अहिले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव निर्वाचनलाई सार्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने प्रवृत्किो रुपमा आएको छ । यो व्यक्ति विशेषमात्रै होइन, समग्र लोकतन्त्र र संविधान माथिकै प्रहार हो ।’

सांसदहरुको धारणाको जवाफ दिँदै अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमा गम्भिर षड्यन्त्र लुकेको भन्दै आवश्यक परे सडक, अदालत र संसदबाट समेत प्रतिवाद गर्ने बताएका थिए । बैठकमा सांसदहरुले चोलेन्द्र शमशेर राणामाथिको महाभियोग र एमसीसीबारे पार्टीको धारणा स्पट हुनुपर्ने धारणा राखेको भट्टराईले बताए । भट्टराईका अनुसार बैठकले महाभियोगपछिको अवस्थामा उपयुक्त निर्णय गर्न उच्चस्तरीय नेतृत्वलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै बैठकमा ओलीले चोलेन्द्रलाई बोकेर नहिँड्ने प्रस्ट पारेका थिए । ‘एमालेको मनसाय चोलेन्द्रलाई बोकेर हिँड्नुपर्छ भन्ने होइन, । उहाँसँग एमालेको धेरै असन्तुष्टि छन् । उहाँको अनगिन्ती कमजोरी देखिएको छ, उहाँप्रति चार्ज लागेको छ, हिजो परमादेश गराउने उहाँ नै हो । महाअभियोग प्रस्ताव जुन बेलामा आयो, जसरी आयो, जे नियतले आयो त्यसमा आशंका हो । यो वेलामा अदालत गिजोल्ने, निर्वाचन सार्ने र एमसीसी पास गर्ने उद्देश्यले आएको हो । आवश्यक परे सडक, संसदबाट प्रतिवाद गर्नुपर्छ’ ओलीको भनाइ उधृत गर्दै भट्टराईले भने ।

प्रतिकृया दिनुहोस्