काठमाडौं- रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुममा जिप दुर्घटना १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ घाइते भएका छन् । खाँडादेवीको वडा नम्बर ७ को ताल्दुमबाट काठमाडौंतर्फ जाँदै गरेको बा १६ च ३२२५ नम्बरको जिप शनिबार अपराह्न दुर्घटना हुँदा जिप चालक कालुमान तामाङको घटनास्थलमानै मृत्यु भएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा परी घाइते भएका सबैलाई उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल पठाइएको छ । घाइतेहरु खाँडादेवीका रुपसिं तामाङ, सुष्मा तामाङ, नेस्नल तामाङ, सविना तामाङ, क्वीन तामाङ, दिनेश श्रेष्ठ र जापानी नागरिक सातो काजुभि रहेका छन् ।