×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

रोचक

४० मिनेट मात्रै रात हुने यस्तो ठाउँ जहाँ सूर्य डुब्दैन

४० मिनेट मात्रै रात हुने यस्तो ठाउँ जहाँ सूर्य डुब्दैन

एजेन्सी- यो पूरै विश्व प्रकृतिको नियमानुसार चल्छ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिको नियम नै हो । यद्यपि अलग–अलग ठाउँमा दिन र रात हुने समय भने फरक–फरक हुन्छ । कतिपय ठाउँमा दिन लामो र रात छोटो हुन्छ । तर, यस्तो पनि देश छ, जहाँ रात भनेको नाम मात्रको हुन्छ । यहाँ एकदमै कम समयका लागि सूर्य डुब्ने गर्छ  ।

नर्वे युरोप महाद्वीपको उत्तरमा रहेको एउटा देश हो । उत्तर ध्रुवबाट नजिक भएकाले यहाँ एकदमै चिसो हुन्छ । नर्वे यस्तो देश हो जहाँ दिन मात्रै हुन्छ । रात केवल ४० मिनेटका लागि मात्रै हुन्छ । बाँकी समय सूर्यका देखिने गर्छ । 

यहाँ रातिको १२ बजेर ४३ मिनेटमा सूर्य डुब्छ र ४० मिनेटपछि फेरि सूर्योदय हुन्छ । यहाँ रातको साढे १ बजे बिहान हुन्छ ।  यो एक–दुई दिनका लागि होइन पूरै अढाइ महिनासम्म यस्तो हुने गर्छ । नर्वेलाई ‘कन्ट्री अफ मिडनाइट सन’ पनि भनिन्छ ।  यो देश आर्किटिक सर्कल भित्र आउँछ । यहाँ मे देखि जुलाइको बीचमा ७६ दिनसम्म सूर्य डुब्दैन । यस्तो दृश्य हेमरफेस्ट शहरमा देख्न पाइन्छ । 

प्रतिकृया दिनुहोस्