×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

के हो एपेन्डिसाइटिस ? यसका लक्षणहरु केके हुन् ? कसरी बच्ने ?

के हो एपेन्डिसाइटिस ?  यसका लक्षणहरु केके हुन् ? कसरी बच्ने ?

एजेन्सी - हर मानबको शरीरमा एपेन्डिक्स नामको एक अंग हुन्छ। यो एक पातलो र छोटो ट्युब हो, जसको लम्बाइ लगभग २ देखि ३ इन्चको हुने गर्दछ। सोही एपेन्डिक्समा हुने एक खालको दुखाइलाई नै एपेन्डिसाइटिस भन्ने गरिन्छ।

यो समस्याको सुरुवाती चरणमा पेटको बीच भागमा पटक-पटक दुखाइ हुने गर्छ। केही घण्टामा नै पेटको दाहिने तल्लो भागतर्फ दुख्न थाल्छ। जहाँ एपेन्डिक्सको समस्या हुन्छ। त्यतिबेला पेटको दुखाइ गम्भीर बन्दै जान्छ। यस्तो दुखाइ हिँड्दा वा खोक्दा झनै बढी हुने गर्छ।

एपेन्डिसाइटिसको बेलामा भोक कम लाग्ने, रातो आँखा हुने जस्ता समस्या देख्न सकिन्छ।

एपेन्डिसाइटिस दुई प्रकारको हुन्छ।

  •  तीव्र वा एक्युट एपेन्डिसाइटिस-: एक्युट अर्थात् तीव्र, यो आफ्नो नाम जस्तै शरीरमा तीव्र रूपमा विकास हुन्छ। सामान्यतया: यो केही घण्टा या केही दिनमा नै विकास हुने खालको हुन्छ। यसको तुरुन्त उपचारको लागि सर्जरीको आवश्यकता पर्छ, साथै यस्तो खालको एपेन्डिसाइटिसको अप्रेसनको विकल्प नभएको यस सम्बन्धी विज्ञ चिकित्सकहरू बताउँछन्।
  •  क्रोनिक वा स्थायी एपेन्डिसाइटिस-: यसमा दुखाइ लामो समयसम्म रहन्छ। एपेन्डिसाइटिसको मामलामा समग्र एपेन्डिसाइट्सको तुलनामा केवल १.५ प्रतिशतसम्म मात्रै हुने गर्छ। क्रोनिक एपेन्डिसाइटिस थोरै-थोरै गरेर जम्मा हुने गर्छ। पछि यही नै दुखाइको कारण बन्ने गर्छ। 

यसको सुरुवाती संकेत र लक्षण अक्सर धेरै हल्का हुन्छ। जसमा पेटको समस्या, भोक कम लाग्नु आदि लक्षणहरू देख्ने गरिन्छ। त्यसपछि बिस्तारै यसको दुखाइ बढ्दै जान्छ र बिरामीलाई दुखाइको यकिन ठाउँ बताउन नै मुस्किल हुन्छ।

एपेन्डिसाइटिसका लक्षणहरूः

१) नाभी वा पेटको माथिल्लो भागमा हल्का दुखाइ हुनु र त्यो बिस्तारै तल्लो भागको दायाँतर्फ बढ्दै जानु।

२) भोक नलाग्ने वा भोकको अनुभुति नहुनु।

३) शरीरमा दुखाइ सुरु भएपछि वान्ता हुनु।

४) ९९ देखि १०२ डिग्रीसम्मको ज्वरो आउनु।

५) पेटको माथिल्लो भाग र तल्लो हिस्सा या मलाशयमा हल्का या तीव्र दुखाइ हुनु।

६) पिसाब गर्न समस्या हुनु।

७) पेटमा ऐठन हुनु आदि छन्।

एपेन्डिसाइटिस हुने कारण :- सामान्य हिसाबले बुझ्दा एपेन्डिक्स तब मात्रै विकास हुन्छ जतिबेला ‘सिकम’ नामक पेटभित्रको एउटा थैलीमा विकार भरिँदै जान्छ। यो बाहेक एपेन्डिसाइटिस अरु धेरै कारणहरूले हुनसक्छ, यद्यपि केही विशेष रूपमा स्थापित गरिएको छैन। तीमध्ये केही कारण यस्ता छन्।

  • आन्द्रा रोग छ भने एपेन्डिसाइटिस हुन्छ।
  • शरीरमा अन्य संक्रमण हुँदा सो थैलीको भित्तामा एक फुलेको भाग हुन्छ जसका कारण हुन्छ। 
  • एपेन्डिसियल लुमेनमने क्लजिङ यस स्थितिलाई बढाउन सक्छ।
  • पेटमा हुने चोट पनि यसको कारण हो।

एपेन्डिक्सबाट बच्ने उपाए :- एपेन्डिक्सबाट बच्नका लागि नियमित ब्यायम गर्ने, स्वस्थ खानपानका साथै समय-समयमा स्वास्थ्य जाँचका अलावा अरु कुनै पनि उपाए छैन। यसकारण आफ्नो शरीरको सबै अंगको स्थिति पत्ता लगाउनको लागि यसको जाँच अनिवार्य गर्नुपर्दछ।

एपेन्डिसाइटिसको उपचार एक आपतकालीन चिकित्सा हो। यस्ता बिरामीले तत्काल प्रभावकारी उपचार पाएनन् भने रोगीको ज्यान नै जान सक्छ। त्यसैले यसको लागि प्राकृतिक उपचारमा भर पर्नु उपयुक्त हुँदैन। यद्यपि, असुविधाको क्षणमा केही उपचार पद्धति पनि काममा आउन सक्छन्।

यस्ता प्राकृतिक उपचार पद्धतिहरू एपेन्डिक्स तयार भइसकेपछि रोक्न भन्दा पनि यसको विकास प्रक्रियामा नै अवरोध सिर्जना गर्न बढी महत्वपूर्ण हुने गर्छ।

जस्तै: अदुवा, लसुन, मेथीको दाना, ताजा निम्बु, तुलसी, तरकारीको जुस, पानी आदिको नियमित प्रयोगले एपेन्डिसाइटिसलाई न्यूनीकरण गर्न निकै महत्वपुर्ण भूमिका खेल्छ। त्यसै

प्रतिकृया दिनुहोस्