×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बिनोद राइले जिते 'भ्वाइस अफ नेपाल' काे पाँचाैँ सिजनकाे उपाधि

बिनोद राइले जिते 'भ्वाइस अफ नेपाल' काे पाँचाैँ सिजनकाे उपाधि

काठमाडौं - 'द भ्वाइस अफ नेपाल'काे पाँचाैँ सिजनको उपाधि इलामका विनोद राईले जितेका छन् । 

गएराति ललितपुर गोदावरीमा रहेकाे सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन् । दर्शकले दिएको भाेटकाे आधारमा विजेता घोषणा गरिएको हाे । विजेता राई कोच मिलन नेवारकाे समूहबाट प्रतिनिधित्व गर्छन् । 

यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन् ।

'द भ्वाइस अफ नेपाल' काे पाँचाैँ सिजनमा प्रमोद खरेल, राजेश पायल राई, मिलन नेवार र उदय सोताङ कोचको भूमिकामा रहेका थिए । 

प्रतिकृया दिनुहोस्