×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्व श्रममन्त्री तथा सांसद् श्रेष्ठले पारिश्रमिकबापतकाे तीस लाख दिए दान

पूर्व श्रममन्त्री तथा सांसद् श्रेष्ठले पारिश्रमिकबापतकाे तीस लाख दिए दान

काठमाडाैँ- तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पाँच वर्षमा पारिश्रमिकबापतको रु तीस लाख ९८ हजार सामाजिक सङ्घ संस्थालाई सहयोग गरेका छन् । 

पारिश्रमिकबापतको रकम विभिन्न सङ्घ संस्था, खानेपानी, विभिन्न रोगबाट पीडित बिरामीलाई सहयोग गरेको श्रेष्ठले जानकारी दिए ।

“मैले चुनावको बेला नै पारिश्रमिक लिन्न भनेर वाचा गरेको थिएँ, सोही वाचा अनुसार आमा समूह, खानेपानी योजना, विद्यालय, विभिन्न रोगका बिरामीलाई उक्त रकम सहयोग गरेको छु,” पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका श्रेष्ठले भने ।

प्रतिकृया दिनुहोस्