×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पल शाहद्वारा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

पल शाहद्वारा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्चमा पुनरावेदन

काठमाडौं- नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । हाल तनहुँ कारागारमा रहेका उनले आज (शुक्रबार) आफ्नो कानुन व्यवसायीमार्फत पुनरावेदन दिएका हुन् ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ ।

प्रतिकृया दिनुहोस्