गत साता सामुन्द्रिक आँधीका कारण खराब बनेको मौसममा सुधार आएको छ। सोमबारबाट मौसममा सुधार हुन थालेकामा मंगलबार मुलुकका धेरैजसो स्थानको आकाश उघ्रिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने केही स्थानमा हल्का पानी परेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको छ।
दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका एक(दुई स्थानमा पानी पर्ने र बाँकी स्थानको मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ।
बुधबार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ लगायत देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।