×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दुवाकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

दुवाकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर- भक्तपुरमा काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । दुवाकोट अस्पतालमा केएमसीले आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

शिविरमा ५६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १४३ जनाको रक्त परीक्षण, ७२ जनाको भिडियो एक्स-रे र ४७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका १३ जनाको दाँत उखेलिएको छ ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्