×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

डेलधुराबाट देउवालाई प्रचण्डको फोन,देउबाले भने तपाईलाई स्वागत छ !

डेलधुराबाट देउवालाई प्रचण्डको फोन,देउबाले  भने तपाईलाई स्वागत छ !

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा पुगेर देउवालाई फोन सम्पर्क गरेका छन्।
डडेलधुरामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले देउवासँग आफ्नो कुराकानी भएको जानकारी दिए। उनले भने, "म यहाँ बस्दै गर्दा यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि 'मेरो जिल्लामा स्वागत छ' भन्नुभयो। डडेलधुरामा स्वागत भन्नुभएको छ।"
प्रचण्डले डडेलधुरामा आफूले न्यानो स्वागत पाएको पनि सुनाए। यद्यपि, फोन वार्तामा थप के-के विषयमा कुराकानी भयो भन्नेबारे उनले विस्तृतमा खुलाएनन्। उनले कांग्रेसका पुराना नेताहरू तथा अन्य राजनीतिक दलका नेताहरूसँग पनि आफ्नो कुराकानी भएको बताए।
यो घटनाले राजनीतिक वृत्तमा चासो बढाएको छ। स्मरणीय छ, यसअघि १५ मंसिर २०८० मा तत्कालीन नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो मेची-महाकाली अभियानका क्रममा डडेलधुरा पुगेर कांग्रेस सभापति देउवालाई फोनमार्फत कुराकानी गरेका थिए।

प्रतिकृया दिनुहोस्