×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन सुरु, पहिलो बैठक सिंहदरबारमा जारी

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन सुरु, पहिलो बैठक सिंहदरबारमा जारी

काठमाडौं- बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय छाबनिन विशेष समितिले काम सुरू गरेको छ।

शर्माबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय विशेष समितिको पहिलो बैठक आज लागि बोलाइएको छ। आजबाटै काम सुरू हुने  नेकपा माओवादीका नेतासमेत रहेका समितिका सदस्य देव गुरुङले जानकारी दिए। गुरुङका अनुसार बैठक सिंहदरबारस्थित अर्थ समितिको हलमा अहिले १ बजेदेखि सुरु भएको छ।

समितिको म्याद आजदेखि १० दिनको हुनेछ। समितिले बजेटका बिबिध विषयमा छानबिन गरेर सभामुखलाई प्रतिवेदन पेश गर्नेछ। समितिको बैठकले आज समितिको संयोजक चयन गर्ने र कार्यबिधि तय गर्नेछ।

असार २२ गते बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निवर्तमान अर्थमन्त्री शर्माले गरेका आर्थिक अपराधको विषयमा छानबिन गर्न सर्वदलीय सहमतिमा संसदीय विशेष समितिको घोषणा गरेका थिए।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर राजस्वको दर हेरफेर गराएर आर्थिक अपराध गरेको भन्दै नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो।

संसदीय विशेष समितिमा सांसदहरू ढकालसहित प्रदीप ज्ञवाली, देव गुरुङ, खगराज अधिकारी, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, विमला बिक, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन्। सहमति अनुसार ११ सदस्यी मितिमा एमालेबाट ४ जना, कांग्रेस र माओवादीबाट २/२ र गरी ४ जना र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ जना सदस्य रहेका छन्।

समितिको संयोजक समितिले नै तोक्ने छ भने समितिले १० दिनमा आफ्नो प्रतिवेदन सभामुखलाइ पेश गर्नेछ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको समाचार बाहिरिएपछि अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए।

प्रतिकृया दिनुहोस्