×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

ओलीले जनमतको दुरुपयोग गरे : माधव नेपाल

ओलीले जनमतको दुरुपयोग गरे : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमतको दुरुपयोग गरेको बताएका छन् । शनिबार लुम्बिनी प्रदेशमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ओली सरकारका पालामा राजनीतिक बेथिति र  चरम भ्रष्टाचार बढेको समेत बताए ।

ओलीमा तत्कालीन नेकपा एकताका बेला प्राप्त दुई तिहाइ बहुमत एक्लैले गर्दा पाएको भन्ने अहंकार हाबी भएको उनले बताए । अध्यक्ष नेपालले अब उत्पादनमा जोड दिनु पर्ने बताए ।

भारतबाट दैनिक करोडौँ रुपैयाँको तरकारी र खाद्यान्न भित्रिने गरेको भन्दै त्यसलाई अन्त्य  गर्न उत्पादनमा जोड दिएर मात्र सम्भव हुने उनकाे भनाई छ ।

प्रतिकृया दिनुहोस्