×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

बहुप्रतिक्षित नेपाली कथानक चलचित्र उच्च शो पाएको ‘महापुरुष’ले कस्तो गर्ला व्यापार ?

बहुप्रतिक्षित नेपाली कथानक चलचित्र उच्च शो पाएको ‘महापुरुष’ले कस्तो गर्ला व्यापार ?

काठमाडौं - बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘महापुरुष’को अग्रिम बुकिङ खुला भएको छ । मल्टिप्लेक्सहरूले अग्रिम बुकिङ खुला गरेका हुन् । 

भोलि (शुक्रबार)बाट चलचित्र रिलिज हुँदै छ । मल्टिप्लेक्समा चलचित्रले राम्रो शो पाएको छ । देशकै ठूलो मिल्टिप्लेक्स क्यूएफएक्स चेनमा यसले ४१ वटा शो पाएको छ । अन्य मिल्टप्लेक्समा पनि ‘महापुरुष’लाईउच्च शो प्रदान गरिएको छ । 

प्रदीप भट्टरार्ईले निर्देशन गरेको चलचित्र ‘महापुरुष’मा हरिवंश आचार्य र गौरी मल्ल मुख्य भूमिकामा छन् । हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, अञ्जना बराइली, रबिन्द्र सिंह बाँनिया, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा छन् । 

उच्च शो पाएको चलचित्र ‘महापुरुष’ले राम्रो व्यापार गर्ने अपेक्षा धेरैको छ । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको चलचित्र काठमाडौँसँगै चितवन र इटहरीमा पनि प्रिमियर गरिएको थियो । फेमेली कमेडी ड्रामा भएकाले पनि दर्शकको साथ मिल्नेमा निर्माण पक्ष ढुक्क छ । 

प्रतिकृया दिनुहोस्