×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्र विजयी

कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्र विजयी

ताप्लजुङ- नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित भएका हुन् । यस्तै उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका छन् । सहसचिवमा तेज सुनुवार (जङ्ग) र नन्दकुमार आङ्बुहाङ निर्वाचित भएका निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिए ।

एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो । तुम्याहाङसँग पार्टीका पूर्वसचिवसमेत रहेका छविलाल गुरुङ प्रतिस्पर्धामा थिए। रासस

प्रतिकृया दिनुहोस्