×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं- आगामी आर्थिक वर्ष २०७८र७९ का लागि काठमाडौं महानगरपालिले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको नगरसभा बैठकमा छलफलपश्चात् नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

महानगरका मेयर बालेन्द्र साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बैठक डाकिएको थियो । बैठकमा उठेका प्रश्न तथा सुझावहरुहरुबारे मेयर साहले जवाफ दिएका थिए ।

उनले प्राप्त सुझाव र प्रतिक्रियालाई यथासम्भव समावेश गर्ने गरी संशोधित नीति तथा कार्यक्रम पारित गर्न आह्वान गरे । ध्वनीमतका आधारमा प्रस्तावका पक्ष र विपक्षमा मतदान गर्न आह्वान गरिएको थियो । अधिकांश सदस्यहरूले ‘हुन्छ’ भनेपछि नीति तथा कार्यक्रम पारित भएको घोषणा गरिएको हो ।

प्रतिकृया दिनुहोस्