×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि विराटनगरमा प्रदर्शन

प्रहरी हिरासतमा रहेका व्यक्तिको  मृत्यु भएपछि विराटनगरमा प्रदर्शन

 विराटनगर- जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि आफन्त र स्थानीयले विराटनगरमा प्रदर्शन गरेका छन् । लागूऔषध गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको हिरासतमा मृत्यु भएपछि सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका हुन् ।शुक्रबार गाँजासहित पक्राउ परेका कामतको आइतबार दिउँसो मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका हुन् ।

मृतकको दुवै खुट्टामा चोट छ । आफन्त र स्थानीयले प्रहरीको यातनाका कारण मृत्यु भएको भन्दै उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले घटनाको छानबिन गर्न माग गरेका छन् प्रहरीले शुक्रबार कामतलाई तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ गरेको थियो । उनलाई आइतबार म्याद थप गरी अनुसन्धान गर्ने तयारी थियो । तर अचानक बेहोस भएपछि कामतलाई उपचारका लागि कोशी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो करीब साढे १ बजे मृत्यु भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्