×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

मुलुकमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गइरहेको छः अध्यक्ष ढकाल

मुलुकमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गइरहेको छः अध्यक्ष ढकाल

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको बताएका छन्।

आइतबार महासंघले ललितपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष ढकालले पहिले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण एउटा नकारात्मक रहेकोमा अहिले दृष्टिकोण परिवर्तन हुँदै गएको र मुलुकको बिकासका लागि योगदान दिने क्षेत्रका रुपमा हेर्ने गरेको बताएका हुन्।

अहिले दुई तिहाई नजिकको सरकारले समेत निजी क्षेत्रलाई संगै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएको उनले बताए। उनले रास्वपा नेतृत्वसंगको छलफलमा निजीले भोग्नुपरेको समस्यामा बारेमा जानकारी गराइएको उल्लेख गरेका थिए।

उनले महासंघको साधारणसभाबाट नयाँ कार्यसमिति चयन चुनावी प्रक्रियाबाट हुने निश्चित भएको भन्दै चूनावी प्रक्रियालाई स्वच्छ बनाउन आग्रह गरे। नयाँ कार्यसमिति चयनपछि एक भएर महासंघलाई अघि बढाउन उनले आग्रह गरेका थिए। महासंघको ६० औं साधारणसभा सोमबारबाट सुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस्