कोरोना भाइरसका कारण देशभर निषेधाज्ञा जारी छ । सधैँको कोलाहल रहने काठमाडौैं उपत्यका सुनसान छ । किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरू बन्द छन् । (कोभिड-१९)का कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरूलाई ‘हाम्रो टिम नेपाल’ले काठमाडौँका विभिन्न ठाउँमा खाना तथा खाद्यान्न वितरण गर्दै आइरहेको हाम्रो टिम नेपालले आज पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१९ विन्दवासिनी केहुनिया र सखुवाप्रसौनी गाउँपालिका ५, महुवाको मजदुर, गरिब, दलित समुदायको निषेधाज्ञा प्रभावितहरूको लागि जम्मा २५० घरधुरीहरू लागि खाद्यान्न राहत वितरण गरेको छ ।
लकडाउन भएसँगै भोका पेटहरू र अलपत्रमा परेका मजदुरलाई ‘हाम्रो टिम’ले निःशुल्क खाना तथा खाद्यान्न वितरण गर्दै आइरहेको हो ।
दैनिक विभिन्न ठाउँमा पुगेर सेवा गर्दै आइरहेका टिमका समाजसेवा गरेको देखेर सहयोग गरेर बाँच्ने हाम्रो संस्कार नमरेको विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसले मानिसमा मानवता छ भन्ने कुराको उदाहरण हाम्रो टिम नेपाल बनेको छ । जहाँ ग्राहो अफटयारो पर्छ त्यहाँ हाम्रो टिमले जसरी पनि पुग्ने र सहयोग गर्ने उक्त टिमले प्रतिबद्धता गरेको छ । सो सहकार्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुले दिएको साथ सर्पोटहरूको लागी उक्त टिमले आभार व्यक्त समेत गरेका छन् । हाम्रो टिम नेपालले हिजो (सोमबार) चितवन जिल्लाको कालिका नगरपालिका वडा न.११ सैपाम बाँसघारीका अति बिपन्न चेपाङ समुदायमा खाद्यान्न बितरण गरेको थियो । स्मरण रहोस हाम्रो टिम नेपालले २०७६ साल चैत १४ गतेदेखी निरन्तर रुपमा खाना र राहात विरण गर्दै आएको छ ।