×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बीआरआईमा सहयोग साझेदारी निर्माण गर्न बैठकको आयोजना

बीआरआईमा सहयोग साझेदारी निर्माण गर्न बैठकको आयोजना

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘बीआरआई सहयोगका लागि साझेदारी निर्माण गर्न सँगै मिलेर काम गर्ने’ विषयक भर्चुअल गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा बीआरआईका विशेषता र उद्देश्यका बारेमा छलफल भएको थियो । गोष्ठीमा चीनका अधिकारी र नेपालका पत्रकारहरुको सहभागिता रहेको थियो । विश्वलाई आर्थिक विकासका माध्यमबाट जोड्ने ठूला आयोजनाको सफलताका लागि विभिन्न देशका अनुभवहरु एक अर्कालाई आदान प्रदान गरिएको थियो ।

बैठकले विकास र समृद्धिको प्रतिफल छिमेकी मुलुकलाई बाँड्ने र मानवताको सपनालाई यथार्थमा साकार पार्न राजनीतिक दल र सामाजिक क्षेत्रको तर्फबाट जिम्मेवारी र तत्परताका लागि आह्वान गरिएको छ ।

प्रतिकृया दिनुहोस्