×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

२१ जुनदेखि १८ वर्षभन्दा माथिका सबैलाई नि:शुल्क खोप लगाउने मोदीको घोषणा

२१ जुनदेखि १८ वर्षभन्दा माथिका सबैलाई नि:शुल्क खोप लगाउने मोदीको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ जुनदेखि १८ वर्षभन्दा माथिका सबैलाई नि:शुल्क खोप लगाउने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले सोमबार देशबासीका नाममा सम्बोधन गर्दै १८ वर्षभन्दा ४४ वर्षसम्मका सबैलाई नि:शुल्क कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेका हुन् । 

प्रधानमन्त्री मोदीले विगत सय वर्षमै अहिलेको महामारी सबैभन्दा ठूलो र त्रासदीपूर्ण भएको बताएका छन् । उनले भने,"विगत सय वर्षमै अहिले सबैभन्दा ठूलो महामारी हो र त्रासदीपूर्ण छ । यस किसिमको महामारी आधुनिक विश्‍वले देखेको छैन, अनुभव गरेको थिएन ।"  

उनले भने, "यति ठूलो विश्‍व महामारीविरुद्ध कयौं मोर्चामा एकसाथ लडेका छौं । दोस्रो लहरका समयमा अप्रिल तथा मे महिनामा भारतमा मेडिकल अक्सिजनको माग अकल्पनीय रुपमा बढेको थियो ।" 

भारतको इतिहासमा कहिल्यै आफ्नो मेडिकल अक्सिजनका रुपमा जरुरत महसुस भएको थिएन । यसको जरुरतलाई पूरा गर्नका लागि युद्धस्तरमा काम भइरहेको छ । सरकारका सबै संयन्त्रहरु सुरु गरिएको उनले बताए ।  

प्रतिकृया दिनुहोस्