×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

जेन्सी- पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । यो बीचमा करिब २९ प्रतिशत मूल्यवृद्धि भएको छ । पछिल्लो पटक अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार मूल्यवृद्धि भएको घोषणा गरेका हुन् ।

विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाइ छ । उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको बताए ।

उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए । गत २६ मे मा १४४.१५ पाकिस्तानी रुपैयाँ रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत वृद्धि भएर २६३।३१ पाकिस्तानी रुपैँया पुगेको उनले जानकारी दिए ।

त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३,७९ रुपैँयामा पुगेको छ । त्यसैगरी मट्टितेलको मूल्य २६ मेमा ११८।३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११।४३ पाकिस्तानी रूपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्