×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप ५९१ जनामा संक्रमण‚ ६६४ कोरोनामुक्त

थप ५९१ जनामा संक्रमण‚ ६६४ कोरोनामुक्त

काठमाडौँ- नेपालमा बिहीबार थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ४८ पिसिआर परिक्षणका क्रममा ५ सय २७ जना र २ हजार ५ सय ७ एन्टीजेन परिक्षणका क्रममा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५ हजार ७ सय ७६ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ८२ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप ६६४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८९ हजार ७ सय ८९ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

हाल १० हजार २ सय ३६ सक्रिय संक्रमित आइशोलेशन र २१४ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्