×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लालबहादुर वि.क. रिहा

लालबहादुर  वि.क. रिहा

काठमाडौं - ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले सफाइ दिएपछि लालबहादुर विक बुधबार कारागारमुक्त भएका छन् । मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै  विकलाई सफाइ दिएको थियो ।

उच्च अदालत विराटनगरले आदेशको पत्र कारागारमा पठाएपछि बुधबार उनी रिहा भएका हुन् । उनको जेलबाट बाहिर निस्कँदा भव्य स्वागत भएको थियो ।

तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै ५ करोडसमेत भराउन आदेश दिएको थियो । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए ।

प्रतिकृया दिनुहोस्