×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसियन कप छनोट : इन्डोनेसियासँग नेपाल ७-० ले पराजित

एसियन कप छनोट : इन्डोनेसियासँग नेपाल ७-० ले पराजित

काठमाडौँ- एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग लज्जास्पद हार खेपेको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा गएराति भएको खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोलले पराजित भएको हो ।

१० खेलाडीमा समेटिएको नेपालमाथि इन्डोनेसियाले खेलभर दबदबा कायम राख्यो । पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल व्यहोरेको थियो । लगातार तेस्रो हारसँगै समूह ‘ए’ मा नेपाल तालिकाको अन्तिममा रह्यो ।

नेपाल पहिलो खेलमा जोर्डनसँग २-० र दोस्रो खेलमा कुवेतसँग ४-१ गोलले पराजित भएको थियो । जोर्डन नौ अंक सहित समूह ‘ए’ को विजेता बन्दै एसियन कपमा छनोट भयो । ६ अंक बनाएको इन्डोनेसिया दोस्रो र तीन अंकसहित कुवेत तेस्रो स्थानमा रह्यो ।

एएफसीका अनुसार समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछन् ।

प्रतिकृया दिनुहोस्