काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । मंगलबारदेखि स्थगित हुँदै आएको बैठक बिहान ११ बजे बस्ने भएकाे हाे ।
पदाधिकारी चयनमा नेताहरू व्यस्त हुनुपर्ने भएपछि मंगलबार डाकिएको बैठक बुधबारलाई सारिएको थियो । बुधबार पनि नेतृत्व टिम संसद् बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक बिहीबारको लागि सारिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएकाे छ ।
यसअघि पदाधिकारी चयनका लागि सहमति जुटाउन खुमलटारमा भएको पूर्व स्थायी समितिका सदस्यहरूको बैठकले पदाधिकारी चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्लान् कि नगर्लान् चासोका साथ हेरिएको छ ।