×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

ओलीको गरमा गरम सम्बोधनपछि प्रधानमन्त्री र सभामुखको भेट

ओलीको गरमा गरम सम्बोधनपछि प्रधानमन्त्री र सभामुखको भेट

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गरमा गरम गराउने सम्बोधनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । दोश्रो पटक संसद पुनर्स्थापना भएपछि पहिलो पटक संसदमा ओलीले बोल्नासाथ आएको तरंगलाई कसरी संबोधन र निवारण गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखको भेट भएको हो । 

संघीय संसदको मंगलबारको बैठक सकिनासाथ नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उनीहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

आजै प्रतिनिधिसभा बैठक पनि बसेको थियो । बैठकलाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्नुका साथै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सरकारको यथार्थपत्र पनि प्रस्तुत गरेका थिए । 

४० महिना सरकारको नेतृत्व गरेका ओलीले एक महिनामा सरकारले गरेका काम के के हुन् भन्दै दर्जनौं प्रश्न गरेका थिए । अध्यक्ष ओलीले सरकारले तयार पारेको साझा न्युनतम कार्यक्रमलाई कागजको खोस्तो भन्दै बारम्बार अवमुल्यन गरेका थिए । 

प्रतिकृया दिनुहोस्