×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कालीखोलामा पहिरो जादाँ नारायणगढ-मुग्लिन सडक अवरुद्ध

कालीखोलामा पहिरो जादाँ नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको हो ।
पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भइरहेको उनको भनाइ छ ।

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरोले सडक अवरुद्ध हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्