×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

पाकिस्तानको अन्तरिम प्रधानमन्त्री काकर नियुक्त

पाकिस्तानको अन्तरिम प्रधानमन्त्री काकर नियुक्त

काठमाडौं - पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीमा अनवर–उल–हक काकर चुनिएका छन् ।
पाकिस्तानमा संसद् भंग गरेर निर्वाचनको तयारीका लागि अन्तरिम प्रधानमन्त्रीका रूपमा काकरलाई कार्यबाहक जिम्मेवारी दिइएको छ ।
राजनीतिक उथलपुथलबीच काकरको काँधमा ठूलो जिम्मेवारी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी बलूचिस्तान अवामी पार्टी (बीएपी) का वरिष्ठ नेता हुन् ।

कार्यबाहक प्रधानमन्त्री चुनिएपछि उनले ट्वीटमा लेखेका छन्, ‘सर्वशक्तिमान अल्लाहलाई धन्यवाद ! जसले मलाई पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीको रूपमा राष्ट्रको सेवा गर्ने अवसर दिए ।’

काकर नेतृत्वको कार्यबाहक सरकारले अब ९० दिनभित्र चुनाव गराई नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्नुपर्नेछ । सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा काकर प्रधानमन्त्री चुनिएका हुन् ।

प्रतिकृया दिनुहोस्