धनुषा- धनुषा-४ मा एमालेका रघुवीर महासेठ फेरि पछाडि परेका छन् । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका महेन्द्र यादव महासेठभन्दा ५ सय ४७ मतले अघि छन् ।
अलिहेसम्म यादवले २६ हजार ५ सय १० र महासेठले २५ हजार ९ सय ६३ मत पाएका छन् । यस अघि महासेठले यादवलाई उछिन्दै अग्रता कायम गरेका थिए । तर, फेरि उनी पछि परेका हुन् ।