×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संघीय संसद्‍‌को अधिवेशन पुस २५ गते दिउँसो १ बजेका लागि आह्वान

संघीय संसद्‍‌को अधिवेशन पुस २५ गते दिउँसो १ बजेका लागि आह्वान

काठमाडौं- संघीय संसद्‍ अधिवेशन पुस २५ गतेका लागि आह्वान गरिएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पुस २५ गते साेमबार दिउँसाे १ बजेका लागि संघीय संसद्काे अधिवेशन आह्वान गरेकी हुन् ।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद्‍ भवनमा संघीय संसद्‍को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो । यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहने छन् ।

प्रतिकृया दिनुहोस्