×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

महामन्त्रीद्वय सँग वार्ता गर्न खड्का र लेखकलाई जिम्मा

महामन्त्रीद्वय सँग वार्ता गर्न खड्का र लेखकलाई जिम्मा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षसँग एकताको आह्वान गर्न कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिएका छन् । सोमबार बिहान आफू निकट पदाधिकारीसँगको छलफलपछि देउवाले खड्का र नेता रमेश लेखकलाई यस्तो निर्देशन दिएका हुन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको बन्दसत्रले कांग्रेसको मौजुदा केन्द्रीय कार्यसमिति विघटन गरी नयाँ निर्वाचन गर्न निर्वाचन समिति गठन गरेलगत्तै देउवाले पार्टी फुट्न लागेको भन्दै एकताको आह्वान गर्न निर्देशन दिएका हुन् । देउवाले आजै नेता शेखर कोइरालासँग पनि छलफल गरेका थिए । कोइरालाले पार्टी विभाजन हुन नदिने बताउँदै आफूले संवाद अगाडि बढाउने भनेका छन्।

देउवाको निर्देशनपछि कार्यबाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षलाई एकताको आह्वान गर्ने भएका छन् । विशेष महाधिवेशनको बन्दसत्र हलले संस्थापन पक्षसँग वार्ता गर्ने जिम्मा गगन र विश्वप्रकाशलाई दिएको छ । महामन्त्रीद्वयले संस्थापन पक्षसँग महाधिवेशनस्थलमै वार्ता गर्ने अडान लिएका छन् ।

देउवा पक्षको बैठकमा केही नेताले भने महामन्त्री थापा र शर्मालाई कारबाही गर्न माग गरेका थिए। खासगरी सहमहामन्त्री किशोरसिंह राठौर र महेन्द्र यादवले यस्तो प्रस्ताव गरेको स्रोतले बतायो । तर देउवाले अहिले तत्काल यो निर्णय गर्न अवस्था झन् बिग्रने भन्दै एकताका लागि आह्वान गर्न भनेका हुन्।

विशेष महाधिवेशनमा देउवा नेतृत्वको कार्यसमिति नै भंग गर्ने र नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव तयार गरिसकेको छ। बहुमत प्रतिनिधि सहिभागी भएपछि गगन–विश्वले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेका छन् । महाधिवेशन प्रतिनिधिको दबाब पनि यस्तै छ ।

प्रतिकृया दिनुहोस्