×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कप्तान बन्दै भारतीय टोलीमा फर्किए बुमराह

कप्तान बन्दै भारतीय टोलीमा फर्किए बुमराह

काठमाडौं-भारतले हार्दिक पान्ड्यासहित आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिने निर्णय लिएको छ । बुमराह गतवर्ष सेप्टेम्बरमा अष्ट्रेलियासँग हैदराबादमा भएको टि२० आई खेलपछि बुमराह भारतीय टोलीमा छैनन् ।

चोटका कारण बाहिरिएका बुमराह नहुँदा बलिङ आक्रामणमा ठूलो असर पर्न गएको छ । भारतले एसिया कप, टि२० विश्वकप र आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनल गरि तीन ठुला प्रतियोगिता उनी विना नै खेलेको थियो ।

बुमराह योर्करका लागि चिनिन्छन् । उनको आगमनले भारतको बलिङ आक्रामण मजबुत हुनेछ । भारतले युवा ब्याटर ऋतुराज गायकवाडलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

भारतले युवा खेलाडीलाई यस सिरिजमा मौका दिएको छ । इन्डियन प्रिमियर लिग(आइपिएल)मा राम्रो प्रदर्शन गर्ने खेलाडीले अवसर पाएका छन् । भारतले पहिलो खेल १८ अगष्ट, दोस्रो खेल २० अगष्ट र तेस्रो खेल २३ अगष्टमा खेल्नेछ ।

भारतको टोली :

जस्प्रित बुमराह (कप्तान), ऋतुराज गायकवाड, यशस्वी जैसवाल, तिलक बर्मा, रिंकु सिंह, सन्जु स्यामसन (विकेटकिपर), जितेश शर्मा (विकेटकिपर), शिवम दुबे, वासिन्टन सुन्दर, शहबाज अहमद, रवि विश्रोई, प्रसिद्ध कृष्णा, अर्शदीप सिंह, मुकेश कुमार र आवेश खान ।

 

प्रतिकृया दिनुहोस्