×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १,५७० संक्रमित, १३ जनाकाे मृत्यु

थप १,५७० संक्रमित, १३ जनाकाे मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा काेराेनाबाट नेपालमा थप १३ जनाकाे मृत्यु भएकाे छ । यस्तै, साेही समयमा थप १,५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

देशभर गरिएका ११ हजार ३६५ नमुना परीक्षणमध्ये ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४० हजार १११ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्