×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

५० दिनमा सकियो चलचित्र ‘म राजेश हमाल’को छायांकन

५० दिनमा सकियो चलचित्र ‘म राजेश हमाल’को छायांकन

काठमाडौँ-  चलचित्र ‘म राजेश हमाल’ को छायांकन सकिएको छ । पचास दिनको निरन्तर छायांकनपश्चात् प्याक अप गरिएको निर्माता केदार भुसालले मकालुखबरलाई जानकारी दिएका हुन् । चलचित्रको अधिकांश भागको छायांकन धनगढी आसपास गरिएको हो । राजेश हमालको भावनात्मक योगदानलाई न्याय दिलाउने गरी चलचित्र निर्माण गरिएको निर्माण टीमको दावी छ । विक्रम लामा निर्देशित चलचित्रमा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, मुकुन भुसाल, एवन राज उप्रेती, सन्जोग रसाइली, महेश त्रिपाठी , अस्मिता लामिछाने लगायतको अभिनय छ ।

प्रतिकृया दिनुहोस्