×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

किरणले जिते ‘द भ्वाइस अफ नेपाल सिजन ३’को उपाधि

किरणले जिते ‘द भ्वाइस अफ नेपाल सिजन ३’को उपाधि

काठमाडौं - द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। गजमेर टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ  र टीम तृष्णाबाट ज्वाला राई  फाइनलिस्ट भएका छन् ।  यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् ।  एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’
टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो ।
 

प्रतिकृया दिनुहोस्