×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसिया कप : वर्षाले रोकियो भारत र पाकिस्तानको खेल

एसिया कप : वर्षाले रोकियो भारत र पाकिस्तानको खेल

काठमाडौं - एसिया कपको सुपर फोरअन्तर्गतको भारत पाकिस्तानबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । भारतले टस हारेर ब्याटिङ गरिरहेको थियो ।

भारतले २४ दशमलब १ ओभरमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।भारतका लागि ओपनर तथा कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका तथा ४ छक्काको सहयोगमा ५६ रन बनाएर आउट भए ।

अर्का ओपनर शुभमन गिलले ५२ बलमा १० चौकाको सहयोगमा ५८ रन बनाएका थिए । क्रिजमा विराट कोहली र केएल राहुल रहेका छन् ।

पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १/१ विकेट लिएका थिए । वर्षाका कारण खेल हुन नसकेमा बाँकी खेल सोमबार हुनेछ । सोमबार २४ दशमलब १ ओभरबाट नै खेल सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्