महेन्द्रनगर - कञ्चनपुरको बेलौरी बजारमा अत्याधुनिक सुविधा सम्पन्न जगदम्बा अस्पताल खुलेको छ । निजी क्षेत्रबाट बेलौरी नगरपालिका ४ बेलौरी बजारमा यस क्षेत्रकै अत्याधुनिक सेवा सुविधा सहितको अस्पताल खुलेको हाे ।
बेलौरी क्षेत्रका युवा समाजसेवी, शिक्षक एवम् ईन्जिनियर समेत रहेका अस्पतालका प्रबन्ध निर्देशक दिपेन्द्र विष्टले दक्षिणी क्षेत्रकै सुविधा सम्पन्न अस्पताल संचालनमा ल्याएका हुन् । दक्षिणी क्षेत्रका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै निर्देशक बिष्टले सस्तो शुल्कमा उपचार तथा परामर्श सेवा प्रदान गर्ने उद्देश्यका साथ बेलाैरीमा यस क्षेत्रकै ठुलो एवम् सुविधा सम्पन्न अस्पताल संचालनमा ल्याएकाे बताए ।
शनिबार एक कार्यक्रमका विच सेती प्रादेशिक अस्पतालका एवम् जनता अस्पतालका मुटु, छाती, मधुमेह, कलेजाे,थाइराइड, वाथ तथा नसाराेग विशेषज्ञ डाक्टर शेर बहादुर कमरले अस्पतालको उद्घाटन गरेका हुन् । जगदम्बा अस्पताल प्रालिका निर्देशक विष्टले दक्षिणी क्षेत्रका जनताको स्वास्थ्य समस्यालाई मध्य नजर गर्दै अस्पताल संचालनमा ल्याएको बताए ।
उद्घाटनकै दिन पेट छाती, मुटु राेग विशेषज्ञ डाक्टर निशान्त भट्टराई, रेडियो लाेजिष्ट डाक्टर गोबिन्द विष्ट, महिला राेग विशेषज्ञ डा.संगिता भण्डारी, डा. ज्ञानेन्द्र जोशी, डा.सञ्जय कुमार शाह, डा .पारस पन्त सहितको चिकित्सक टोलीले निःशुल्क उपचार तथा परामर्स सेवा प्रदान गरेको अस्पतालले जनाएको छ ।
अस्पताल संचालनमा आएसंगै दक्षिणी क्षेत्र बेलौरी, बेलडाँडी, लालझाडी, पुर्नवास क्षेत्रका स्थानीय जनताले धनगढी लगायत अन्यन्त्र गएर उपचार गर्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । भने आधा दर्जनभन्दा भन्दा बढी ख्यातिप्राप्त बिशेषज्ञ डाक्टरहरु रहेको अस्पतालमा अब सम्पुर्ण राेगकाे उपचार तथा परामर्श सेवा जगदम्बा अस्पतालमै हुने भएकाले क्षेत्रबासीलाई प्रभावकारी स्वास्थ्य सेवा लिन अनुरोध समेत गरिएको छ ।