महेन्द्रनगर - कञ्चनपुरको गड्डाचौकी सडकखण्ड बिहानैदेखि अवरुद्ध पारिएको छ । इन्टरनेट प्रदायक कम्पनीको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको छ ।
बुधबार साँझ इन्टरनेटको तार टाउकोमा लगेर स्थानीय दिनेश ओडको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आज बिहीबार बिहानैदेखि प्रदर्शन गर्दै सडक चक्काजाम गरेका हुन् ।
उनीहरूले भीमदत्त नगरपालिका–५ सुकासालमा अन्तर्गतको सडकमा ढुङ्गा राख्दै टायर बालेर चक्काजाम गरेका छन् । स्थानीय विशाल कुमार तिरुवाले जथाभाबी विद्युत् तार छाड्ने कम्पनीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेको बताए ।