×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेले कारबाही गरेका सांसदकाे सुनुवाई स्थगित

एमालेले कारबाही गरेका सांसदकाे सुनुवाई स्थगित

काठमाडौँ- नेकपा एमालेले कारबाही गरेका १४ जना संघीय र र लुम्बिनी प्रदेशका २ जना सांसदका बारे परेको रिटमाथिको सुनुवाई आइतबार पनि स्थगित भएको छ । 

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तालाई कोरोना भएकाले सुनुवाई सार्न निवेदन परेपछि सुनुवाई सरेको सर्वोच्च अदालतले जनाएको छ ।

यो रिटको पेशी न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासमा तोकिएको थियो । यो मुद्दा यसअघि पनि पटक-पटक स्थगित हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्