मेष (चूँ, चे, चोर, ला, लिई, लु, ले, ल, अं)
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। साँझतिर प्रतिस्पर्धीलाई पछि पार्दै लाभ उठाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, ओ)
प्रक्रिया नमिल्नाले काम दोहोराउनुपर्ने हुन सक्छ। स्वयं निर्णय लिन नमिले पनि शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त हुनेछ । पछिका लागि कामको जग बसाउन सकिनेछ। साँझदेखि परिस्थिति अनुकूल बन्नेछ। पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा केही चुनौती देखिए पनि स्रोतसाधन जुट्नाले उत्साह जाग्नेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा सामान्य फाइदा उठाउन सकिनेछ। साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ । बिना कारण आफन्त टाढिन सक्छन्। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुहोला।
कर्कट (ई, हु, हे, हो, डा, डि, डु, ड, ढ)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। बौद्धिक अभिव्यक्तिले ठुलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। रोकिएका काम प्रारम्भ गर्न सकिनेछ। साँझतिर उद्योग र व्यापारमा फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले चिताएका काम बन्नेछन्।
सिंह (मा, म, म, मे, म, टा, टी, टु, ट)
आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। महत्त्वाकाङ्क्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफन्तसँग भेटघाट हुनेछ। स्वास्थ्यका लागि व्यवहार र खानपानमा सजग रहनुहोला। साँझदेखि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।
कन्या (टो, पा, पी, फु, ष, ण, ठ, पे, पो)
खर्च बढ्नाले अर्थ अभाव झेल्नुपर्ला। अरूको विश्वास गर्दा धोका पाइनेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ। तर खर्चिलो कामले कर्जा बढाउला। साँझदेखि पारिवारिक जमघटको आनन्द प्राप्त हुनेछ। स्वास्थ्यका लागि अनुशासनमा रहनुपर्नेछ। काममा मुख्य भूमिका रहे पनि लाभांशमा अरूको आँखा लाग्न सक्छ।
तुला (र, रु, रे, रो, ता, ती, तु, त)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा पनि केही फाइदा हुनेछ। तर, आम्दानीमा अरूले आँखा लगाउन सक्छन्। आफ्ना आवश्यकता पूरा गर्न र व्यवहार चलाउन सरसापट लिनुपर्ने पनि हुन सक्छ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्ला। परिस्थितिवश फजुल खर्च बढ्नेछ। उठ्ने रकम रोकिन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, न, नो, या, यी, यु )
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोराएर प्रयत्न गर्दा लाभ हुनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ।
धनु (ए, यो, भ, वि, भू, ध, फा, ढ, भ )
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आफ्नो क्षेत्रमा नेतृत्व लिन सकिनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ।
मकर ( भो, ज, जी, खिर, खुन, खे, ख, गा, ग)
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा ध्यान पुराउनुहोला। दिनभरि सङ्घर्ष गर्नुपरे पनि साँझतिर सहयोगीहरूले साथ दिनेछन् र भाग्यले अवसर जुराउनेछ। काम देखाएर पनि अरूको मन लोभ्याउन सकिनेछ। तर, चिताएको दाम नउठ्नाले जोस–जाँगर हराउन सक्छ।
कुम्भ (गु, गने, गो, सा, सी, सु, से, सो, द)
नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। तर साँझतिर आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
मीन (दि, द, थ, झ, ञ, दे, दो, च, ची)
स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मतले काम लिँदा फाइदा पनि हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। व्यावसायिक काममा चुनौती देखिए पनि साँझतिर घरमा लक्ष्मी अर्थात् द्रव्य भित्र्याउन सकिनेछ। आजको कामले पछि फाइदा हुनेछ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुहोला। व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ। उपद्रा . लक्ष्मीप्रसाद बराल