×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

यस्ता छन् : शाकाहारी बन्नुका फाइदा ।

  • IT |
  • चैत १९, २०७७
यस्ता छन् : शाकाहारी बन्नुका फाइदा ।

एजेन्सी- भोजन हाम्रो दैनिक जीवनको अभिन्न अंग हो । प्रत्येक व्यक्तिअनुसार भोजनको प्रकृति फरकफरक हुन्छ । कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी ।

भोजनको उद्देश्य नै शरीरमा पोषण पुगोस् भन्ने हो । भोजनले शरीरबाट रोगहरू भगाउने अपेक्षा गरिनछ । यस्ता गुण शाकाहारी भोजनमा पाइन्छन् । शाकाहारी भोजनले मानिसलाई ऊर्जावान् र निरोगी बनाउँछ ।
यसका अन्य फाइदा यी हुन् :

  • शाकाहारी भोजन हलुका हुन्छ र पचाउन सजिलो हुन्छ । यसले गर्दा धेरै ऊर्जा पनि खर्च हुँदैन र शरीरमा स्फुर्ति आउँछ ।
  • शाकाहारी भोजन गर्ने मानिसमा अवसाद कमै हुन्छ र यस प्रकारको भोजनले दिमाग सक्रिय बनाउँछ ।
  • शाकाहारी भोजनमा शरीरका लागि आवश्यक सबै पोषक तत्त्व पर्याप्त मात्रामा पाइन्छ । प्रोटीन, कार्बोहाइड्रेट्स र फ्याटको उचित मात्रा शरीरलाई शाकाहारबाटै प्राप्त हुन्छ । फल र तरकारीबाट मिनरल, क्यालोरी, फाइबर र भिटामिन प्रचुर मात्रामा पाइन्छ ।
  • मांसाहार पचाउन लामो समय लाग्छ जसका कारण पाचन मन्द हुन्छ तर शाकाहारबाट पाचनको गति बढ्छ र पाचनतन्त्र बलियो हुन्छ ।
  • शाकाहारी भोजनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउँछ । छिटो बिरामी पर्ने अनि गम्भीर रोग लाग्ने सम्भावना रहँदैन ।
  • शाकाहारी भोजनमा विषाक्त पदार्थ हुँदैन । बरू यसमा भएका गुणहरूले शरीरको विषालु पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ ।
  • रक्तचाप नियन्त्रणमा राख्न पनि शाकाहारी भोजनले मद्दत गर्छ । शाकाहारी भोजन गर्ने मानिसलाई मोटोपन कमै हुन्छ । यस्ता मानिसले कार्बोहाइड्रेट्स धेरै खाने भएकाले उच्च रक्तचापको समस्याले सताउन पाउँदैन ।
  • मुटुरोगको प्रमुख कारणमा बोसो र कोलेस्ट्रोल नै अधिक जिम्मेवार हुन्छन् । तर शाकाहारी भोजनमा यी दुवै कुरा कम हुने भएकाले शाकाहारीहरूलाई हृदयरोगको सम्भावना कम हुन्छ ।
  • फल, तरकारी र अनाजमा रेसा र एन्टीअक्सिडेन्ट गुणहरू प्रचुर मात्रामा पाइन्छ जसका कारण क्यान्सर लाग्ने सम्भावना पनि कम हुन्छ । शाकाहारमा एस्ट्रोजेनको मात्रा कम भएका कारण स्तन क्यान्सर हुँदैन ।

एजेन्सीको सहयोगमा 

प्रतिकृया दिनुहोस्