×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

२,६२४ मा संक्रमण पुष्टि हुँदा १,३२० संक्रमणमुक्त

२,६२४ मा संक्रमण पुष्टि हुँदा १,३२० संक्रमणमुक्त

नेपालमा शनिबार थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ६ सय ६७ पीसीआर परीक्षणका क्रममा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ एन्टीजेन परीक्षणका क्रममा ६७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । योसँगै  नेपालमा १० हजार २ सय ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा थप १ हजार ३ सय २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ८० हजार ८१५ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ३९ हजार ४०५ सक्रिय संक्रमित आइशोलेशन र ४११ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ४९ हजार ४८४ वटा पीसीआर र ३ लाख ९१ हजार ८३५ एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्