×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

कंगनाको ‘थलाइवी’ मल्टिप्लेक्सले नलगाउने, साथ दिन कंगनाको गुहार

कंगनाको ‘थलाइवी’ मल्टिप्लेक्सले नलगाउने, साथ दिन कंगनाको गुहार

कंगना रनौत स्टारर फिल्म ‘थलाइवी’ को निर्माताहरुले सेप्टेम्बर १० को रिलिज मिति घोषणा गरेका छन्। कंगना रनावतको तमिलनाड्डुकी पूर्व मुख्यमन्त्री जय ललिताको जीवनीमा आधारित फिल्म ‘थलाइवी’ आउँदो शुक्रबारबाट रिलिज हुँदैछ । रिलिजको पूर्व सन्ध्यामा आएर देशका तीन ठूला मल्टिप्लेक्स चेनले यो फिल्म नलगाउने घोषणा गरेका छन् । रिलिज भएको दुई हप्तामै यो फिल्म ओटिटीमा आउने भएपछि तीन ठूला मल्टिप्लेक्स चेनले फिल्म रिलिज गर्न नसकिने जानकारी गराएका हुन् ।

मल्टिप्लेक्स चेन र निर्माताबीचको विवाद बढ्दै गएपछि कंगना रनावत मैदानमा आएकी छिन् । उनले हिजोका दिनमा ‘राधे’ र ‘मास्टर’ हल र ओटिटीमा एक साथ रिलिज गर्न मिल्ने तर ‘थलाइवी’ चाहिँ नमिल्ने भनेर प्रश्न गरेकी छिन् । उनले हिन्दीमा दुई हप्ताको ग्याप भए पनि दक्षिण भारतमा ओटिटीमा आउने समय चार हप्ताको रहेको बताएकी छिन् । यो फिल्म हिन्दीसँगै तमिल र तेलगु भाषामा पनि रिलिज भइरहेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्