×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

युवा संघमा नेतृत्वको लडाईं: पार्टीको रोजाई थेबे, पुरीको चुनौती, आज फैसला

युवा संघमा नेतृत्वको लडाईं: पार्टीको रोजाई थेबे, पुरीको चुनौती, आज फैसला

काठमाडौं - नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान कार्य सुरु भएको छ।

अपराह्न ४ बजेसम्म चल्ने मतदानबाट संघको आगामी नेतृत्वको टुंगो लाग्नेछ। आइतबार राति उम्मेदवारी मनोनयन प्रक्रिया सम्पन्न भइसकेको छ।


अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्। पार्टी नेतृत्वले थेबेलाई सर्वसम्मत अध्यक्ष बनाउन चाहेको थियो, तर पुरीले आफ्नो दाबी नछोडेपछि अन्ततः चुनावी प्रक्रियाबाटै नेतृत्व टुंगो लाग्ने भएको हो।

नेताहरूले सर्वसम्मतिका लागि गरेका फकाउने, गलाउनेदेखि धम्क्याउनेसम्मका प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो। यो एमालेका जनसंगठनहरूमध्ये राष्ट्रिय युवा संघमा भएको पहिलो निर्वाचन हो।
कसको प्यानलमा को ?

  • क्षितिज थेबे प्यानल:
  • उपाध्यक्ष: महाराज गुरुङ, विनय शाह (गुरुङ अध्यक्षका पनि दाबेदार थिए)
  • महासचिव: महेश चौलागाई
  • उपमहासचिव: उपेन्द्र शाही
  • खुला सचिव: मदन भण्डारी, देबु बस्नेत
  • महिला सचिव: निशा लिम्बू
  • मधेशी सचिव: मोबिन आलम
  • आयोग अध्यक्षहरू:
  • लेखा आयोग: किसुन जैशी
  • निर्वाचन आयोग: मदन गिरी
  • अनुशासन आयोग: मोहम्मद मिजाम
  • युवा विज्ञ परिषद्: चीन लामा

सुमन पुरी प्यानल:

  • उपाध्यक्ष: पर्वत भण्डारी, प्रकाश गौतम
  • महासचिव: कुवेर अधिकारी
  • उपमहासचिव: खेमराज शर्मा
  • खुला सचिव: ध्रुव खड्का, अरुण कुँवर
  • महिला सचिव: रेशु तामाङ
  • मधेशी सचिव: चितरन्जन यादव
  • आयोग अध्यक्षहरू:
  • निर्वाचन आयोग: शिव रिमाल
  • लेखा आयोग: विक्रम गुरुङ
  • अनुशासन आयोग: अजयजंग शाही
  • युवा विज्ञ परिषद्: मोदनाथ सिलवाल (सन्तोष)

आजको मतदानले यी दुई प्यानलमध्ये कसले युवा संघको नेतृत्व सम्हाल्नेछ भन्ने कुराको निक्र्यौल गर्नेछ।

प्रतिकृया दिनुहोस्